Logo

स्तनको ‘साइज’ अनुसार रेष्टुरेन्टमा छुट



एजेन्सी, फागुन २४ । खवर केहि समय पहिलेको हो । चीनको तटीय क्षेत्रमा रहेको सहर झेजियाङमा रहेको एक रेष्टुरेन्टले महिला ग्राहकलाई आकर्षण गर्न अचम्मको मूल्यसुची सार्वजनिक गरेको छ । ग्राहक तान्नकै लागि होटेल, रेष्टुरेन्टले कस्ता प्याकेज ल्याउन सक्छन भन्ने एक उदाहरण पनि बनेको छ त्यो रेष्टु्रेन्ट ।

त्यहाँको एक रेस्टुरेन्टले महिलालाई ‘वस्तु’ तुल्याएर विज्ञापन गरेपछि झेजियाङ नै सनसनीपूर्ण ढङ्गले चर्चामा आएको हो । ट्रेन्डी चिरान्ट नामक रेस्टुरेन्टले विज्ञापनका लागि विभिन्न आकारका स्तन भएका महिलाको कार्टुन बनाई त्यसमुनि लेख्यो– द होल सिटी इज लुकिङ फर ब्रेस्टस् ’ अर्थात्, सिङ्गै सहरले स्तनको तलास गरिरहेको छ ।

महिला ग्राहकलाई आकर्षित गर्नका लागि उक्त रेस्टुरेन्टले महिला ग्राहकले पहिरिएको ब्राको साइज हेरेर छुट दिने रणनीति अवलम्बन गरेको छ । जसअनुसार खानामा पाँचदेखि ६५ प्रतिशतसम्म छुट दिइन्छ ।

यस विज्ञापनपछि आफ्नो स्तनलाई आकर्षक रूपमा प्रस्तुत गरी खाना खान उक्त रेस्टुरेन्टमा महिलाको भीड लाग्ने गरेको छ भने स्थानीयवासीले चाहिँ महिलालाई भेदभावपूर्ण नजरले हेरिएको यस्तो अश्लील विज्ञापन तत्काल रोक्नुपर्ने भन्दै आक्रोश प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्