Logo

चिर्पटले हानेर श्रीमतीको हत्या



काठमाडौं, २७ फागुन । श्रीमतीको हत्या गरेको अभियोगमा परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिकाकका रिसिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

रिसिदेवले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो ।
त्यस्तै, कपिलवस्तु, आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा शिबराज नगरपालिका तुरुन्तपुर बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बसन्तले घरायसी बिवादका कारण ईट्टा प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot