Logo

कोरोनाविरुद्व लड्न चीनले इटलीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने



एजेन्सी, २८ फागुन । कोरोना भाइरस (कोभिड १९) विरुद्व लड्न चीनले इटलीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने भएको छ । चीनपछि इटलीमा व्यापक रुपमा कोरोनाको सन्त्रास फैलिएको छ । उक्त भाइरसको संक्रमणबाट इटलीमा १० हजार मानिस प्रभावित भएका छन् । चीन आफै कोरोना संक्रमणविरुद्व लड्दै गरेतापनि चीनले इटलीलाई भारी मात्रामा मास्क र अन्य मेडिकल सामाग्री प्रदान गर्ने जनाइएको छ ।

मेडिकल सामाग्री सहयोग गर्ने विषय चीन र इटलीका विदेशमन्त्रीबीच फोनवार्तामार्फत भएको हो । इटलीमा मास्क र स्यानिटाइजरको कमि आएपछि इटली सरकारले चीनसित आपेक्षा राखेको जनाइएको छ । चीनले उक्त भाइरसविरुद्व लड्न सदैव तयार रहेको विदेशमन्त्री बांगले जनाएका छन् ।

चीनले इटलीलाई लंग भेन्टिलेटर मास्क, हाई टेक मास्क, प्रोटेक्टीभ सुट प्रदान गर्ने जनाइएको छ । चिनियाँ कार्गो विमानले २६.४ टन बराबरका मेडिकल सामाग्री लिएर पूर्वी चीनका झेजियांग प्रान्तको हांग्जो जियाओशन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot