जब मनलाई इन्द्रियहरुले नियन्त्रणमा राख्छन् तब लक्ष्मी रेखालाई रोक्ने खतरा हुन्छ, भावनाहरु अनियन्त्रित हुन्छन् अंसयमितताले मानसिक सन्तुलन बिर्गादछ, मानव असंवेदनशिल हुन्छ, यसले प्रतिष्ठित व्यक्ति विचलित हुन्छन् । मानिसको आनन्द यी सबैको लागि जिम्मेवार हुन्छ ।
भौतिक सुख–सुविधा, धेरै महत्वाकाक्षा, सबै पाउँने चाहाना धेरै हुनुले पनि असंयमित गराउने हुन्छ जसको कारण तनाब, डिप्रेशन, संवेदनहिनता, हिंसा, भ्रष्टाचार, अत्याचार, उत्पीडन, धुसखोरी, नशाको लत जस्ता परिणाम आउँने गर्छ । काम, क्रोध, लोभ, ईश्र्या स्वयंमा परम शत्रु हो ।
केहि क्षणको लागि असन्तुष्ट मनले यस्तो गलत कार्य गर्दछ कि विगतमा गरिएका सबै असल कामहरु बलिदान हुन्छन् । अनियमितताले अनैतिकताको पाठ सिकाउँछ । अपराधतर्फ लाग्नु असंयमताको परिणाम हो । अपराधीक कार्य असंयमको नतिजा हो ।
विवेक, सहिष्णुता, सद्धावना, संवेदनशिलता, अनुशासन, सन्तुष्टि संयमका स्तम्भ हुन् । धैर्यता र मध्यमता सफलताका पहिलो चरणहरु हुन् । राम्रो संस्कार, शिषा, सत्संग आदीले विवेक र बल प्राप्त हुन्छ । मेहेनत, सेवाभाव, सादगीबाट सहनशिलता बढ्ने गर्छ । चिन्तन, मन्थन आदीबाट विचार शुद्धिकरण हुन्छ । भगवानको प्राथना, भक्ति बाट संवेदनशिल भईन्छ । दृढ निश्चयबाट जीन्दगी अनुशासित हुन्छ ।
यहाँ यज्ञबाट सबै दुर्गुणलाई आहुती दिन सकिन्छ । आधुनिक समयमा योगबाट फर्कनु मुस्किल छ । तर यो दुवैमा सन्तुलन कायम राख्नु विलकुल आवश्यक छ । आजको जीवनशैली र तालिका परिर्वतन गर्नु आवश्यकता छ । यहाँ मानव र दानब दुवैको वास छ । हामी देवता हुन नसकेपनि दानव संग त बँच्नु पर्छ ।