Logo

पार्किङ गरी राखिएको बसमा आगजनी



तुलसीपुर, ६ चैत : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पालले बताए । आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ । गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot