Logo

मध्यरात त्रिभुवन विमानस्थलमा ओर्लेको सिल्क एयर भित्र भएको के थियो?



काठमाडौं, चैत ९ । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधनअनुसार सरकारले आजदेखि चैत १८ सम्मका लागि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय उडान नहुने जनाइएको छ । शनिबार राती १२ बजेपछि नेपाल प्रवेश गर्ने जहाजलाई आएकै गन्तव्यमा फिर्ता पठाइने जनाइएको छ ।

तर शनिबार राती विदेशी नागरिकसहित दुई सय ५० यात्रु बोकेर सिंगापुरबाट आएको सिल्क एयरको ४१६ वाइडवडि जहाजका यात्रुलाई भने अन्ततः जहाजबाट ओर्लन दिइएको छ । राती ८ः४० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त विमानमा नेपाल आउन नपाउने अमेरिका, जर्मनी, नेदरल्याण्ड लगायतका नागरिक रहेका थिए ।

करिव तीन घण्टासम्म विमानबाट नेपालीलाई समेत ओलर्न नदिएपछि नेपाली यात्रुले विमानभित्रै नारावाजीसमेत गरेका थिए ।चर्काे विरोध बढ्दै गएपछि पुनः सिंगापुर फर्कन विमानमा आवश्यक तेलसमेत भरिएको थियो । तर अन्तमा राती ११ बजे सबैयात्रुलाई विमानबाट ओर्लन लगाएको र स्वास्थ परिक्षण पश्चात क्वारेन्टाइनमा पठाउने नपठाउने बारे निणर्य गर्ने जनाइएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले सुरुमा विमान फिर्ता गर्न निर्देशन दिए पनि यात्रुको विरोधका कारण सबैलाई ओरालिएको जनाइएको छ। नेदरल्यान्डबाट आएका यात्रुलाई भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा पठाइएको छ भने अन्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै राति नै विमानस्थलबाट छाडिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot