Logo

व्यक्तित्व विकास



व्यक्तित्व विकासको माध्यमबाट समस्या र अरुचिको अवस्थामा गुज्रिएको व्यक्ति उत्साही, प्रसन्न र लक्ष्य तिर प्रेरित व्यक्तिमा परिणत हुन्छ । व्यक्तित्व विकासको प्रक्रियामा एक व्यक्ति कुनै पनि हिचहिचकिवाट बिना आफ्नो समस्या सेयर गर्न सक्दछ । खुशी र उत्साह चेतनाको साथमा सबैसँग मनाउन सिक्छ ।

व्यक्तित्व विकासको केहि सुझावहरु

  • प्रोटोन जस्तै सकरात्मक बन्नेः सकरात्मक रहेर कठिन भन्दा कठिन चुनौतीको पार लगाउने र धेरै सकरात्मकता एंव सम्भावनालाई आफुतिर आर्कषित गर्ने ।
  • धेरै जोशीलो हुनेः कुनै काम गर्नका लागि जोश वा उत्सह चाहिन्छ ।
  • भावनालाई नियन्त्रित राख्नेःआफ्नो भावनालाई परिस्थितीमा राज गर्न दिन हुँदैन । आफुलाई चुनौतिको समयमा एकाग्र राख्ने
  • आफैमा र अरुमा पनि करुणा गर्नेः कठिन परिस्थितीमा आफुलाई नियन्त्रण र अरुप्रति मद्दत गर्नुपर्छ ।
  • प्रसंशा गर्नुः कसैको प्रंसशा गर्दा हाम्रो चेतनाको विस्तार हुन्छ र भित्र उत्साह र ऊर्जाको संचार गर्छ ।
  • प्रभावशाली संवाद गर्नेःतपाइँले गरेको स्पष्ट संवादमा मानिसहरले धेरै प्रतिक्रिया दिन्छन, जुन तपाइँको लागि लाभदायी हुन्छ ।
  • खतराको सामना गर्ने साहस गर्नेःदुखको समयमा कसैसँग दबाबमा नझुकी विश्वासका साथ समस्याको सामना गर्नुपर्छ ।
  • जीवनमा धैय राख्न राख्नुहोस्ः जीवनमा विजेता हुनलाई धैर्यता एक गुप्त घटक हो । अधैर्यताको प्रतिक्रिया फाइदा भन्दा धेरै हानी हुन्छ ।


प्रतिक्रिया दिनुहोस्