झापा, १० चैत्र । प्रहरी कार्यालय झापाले बिभिन्न मिति, समय र स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । हराएका १३ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ । फेला पारेकामध्ये ३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
सम्बन्धित सवारी धनिलाई बुझाएका मोटरसाइकलहरुमा झापा अर्जुनधारा नगरपालिका महेन्द्र कहङवाङको मे.९ प ८४७२, सोही ठाउँ बस्ने लक्ष्मी प्रसाद अधिकारीको मे.९ प ३९९९ र सुनसरी रामधुनी नगरपालिकाको हेमन्त कुमार चौधरीको को.१५ प ८६६१ रहेका छन् ।
अन्य मोटरसाइकलका समेत धनी पत्ता लगाई बुझाउन आवश्यक कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।