Logo

संकट(जीवित व्यक्तिको परिचय)



संकट जीवनको साथी हो यो सबैको साथमा चलिरहन्छ । तर मानिसहरु संकटको नाम सुन्दा नै आत्तिने गर्छन् । संकटको आभास भएमा बच्नेको उपाय खोज्न थाल्छन् । तर यस संसारमा संकटको सामना नगरेको कोहि पनि छैन । संकट नै जीवित व्यक्तिको परिचय हो । यसैले गुरुहरुले संकटलाई पाठशाला भनेका छन् । संकटको पाठशालाले व्यक्तिलाई धेरै सबक सिकाउछ, उत्ति नै जीवन सफल हुन्छ । संकट समस्याको मुकाविला गरेर नयाँ जीवन जीउने आशाको किरण हो ।

बहुचर्चित लेखक मार्क रुदरफोर्ड एकदिन अनेक दुर्घटनाको सिकार भए । उनी बच्चै हुँदा समुन्द्रको किनारमा बसिरहेको बेला पर जहाज देखे । जहाजमा पौडी खेल्ने इच्छा उनलाई लाग्यो । उनलाई पौडी खेल्न आउथ्यो । उनी जहाज भएको ठाउँमा पुगेर धेरै चक्कर लगाए । उनको दिमाग विजयको खुशी र सफलताले आनन्न दिनुको साथै आत्मविश्वास पनि बढायो । तर उनले आफु पुग्नुपर्ने किनारा तिर फर्केर हेरे अनि निराशा भए, किनार निकै टाढा थियो ।

उनले भनेका छन् ‘मनमा हुने कुविचारको कारण एक फुर्तिलो नौजवान मानिस पनि डुब्छ ।’ केहि क्षणमा नै उनले आफुलाई परिर्वतन गर्न थाले । आफैले चमत्कारीक सोच बनाए । उक्त समयमा मार्कको शरीरमा नयाँ शक्ति प्रसारित भइरहेको थियो । उनले सोेचे पल्लो किनारमा पुग्नु भनेको समुन्द्रमा डुबेर मर्नृ भन्दा पहिलेको संर्घष हो । आफ्नै विचारको कारण मन निकै बलियो बनाए । उनी फेरी शत्तिःशाली भई दिमागको डर हटाई विश्वासको धारमा पुग्न सक्ने क्षमताको भावना विकास गरी आफ्नो लक्ष्य तिरपौडी खेल्न थाले । यसरी विचारको साहारामा रुदरफोर्ड किनारमा पुग्न सफल भए ।

उनी भन्छन् ‘संघर्षमा सफलता लुकेको हुन्छ ।’

संकट बिनाको जीवन आनन्द हुँदैन । संकटमयी घटनाले इतिहास निर्माण गर्छ । व्यक्तित्वमा निखार ल्याउछ । यस्ले चुनौति स्वीकार गर्ने साहस दिन्छ । सबैको प्रसिद्धिको सुत्र नैतिक बलको साहाराले संकटसँग लड्ने नै हो । अनैतिक मानिसको सफलता तत्काल हुन्छ र अल्पकालिन हुन्छ । तर नैतिक बलले प्राप्त गरेको सफलता स्थायी हुन्छ यो सयौ वर्षसम्म सुगन्ध दिने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot