Logo

सामाजिक सञ्जालमा भ्रम नर्छन आग्रह



काठमाडौ, १३ चैत्र । कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गरेको छ । ती युवतीसँगै हवाइजहाजमा सँगै आएका एक युवकको नामावली दैलेखमा देखिएको सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि प्रजिअले सबैलाई आग्रह गरेका हुन् ।

नामावलीमा दैलेख लेखिनुको कारण नागरिकता प्रमाणपत्र दैलेखको भएकाले हो । ती व्यक्ति सात वर्षअघि नै दैलेखबाट बसाइँसराइ गरी सुर्खेत गइसकेकाले कुनै चिन्ता र भयभीय नहुन प्रजिअले दैलेखवासीलाई अनुरोध गरेका छन् । यस्ता खबर सामाजिक सञ्जालमा नराखी दिन पनि उनले आग्रह गरे ।

नागरिकता प्रमाणपत्रमा दैलेख नौमुले– ६ साविक सल्लेरी रहे पनि ती व्यक्ति दैलेख नआउने र उनी सुर्खेतस्थित क्वारेन्टाइनमा रहेको बुझिएको छ । “त्यसैले सबै ढुक्क र निश्चिन्त हुनुहोस्, दैलेखमा कुनै समस्या छैन, हामी सतर्कता अपनाउन तयार छौंँ, ”उनले थपे । बरु सामजिक सञ्जालमा कोरोनासम्बन्धी सन्देशमूलक र चेतनामूलक गतिविधि राख्न र लकडाउनलाई पालना गरेर घरमै बसेर सहयोग गरे । यस्ता र भ्रमित र हतोत्साहित हुने खालका खबर सामाजिक सञ्जालमा राख्नेलाई बाध्य भएर कारबाही गरिने चेतावनी उनले दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot