Logo

चीनबाट आईतबारसम्म स्वास्थ्य सामाग्री नेपाल ल्याईसक्ने



काठमाडौं, १३ चैत्र । सरकारले कोरोनाको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण आगामी आइतबारसम्म ल्याउने भएको छ । त्यसको लागि शनिबार विहानै नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।

उनकाअनुसार नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शनिबारसम्म नै स्वास्थ्योपचारको लागि आवश्यक सामाग्री शनिबारसम्म आईसक्ने र त्यसको तयारी भैसकेको जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot