Logo

सांसदले दिए पुरै घर नै क्वारेन्टाइनलाई



रसुवा, १४ चैत्र । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन् । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान गर्नुभएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए ।

सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि आफ्नो घर निःशुल्क प्रदान गरेका हुन् । स्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताए। जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्