Logo

कोरोना भाइरसः संक्रमित ५३६६९६, मृतक २४११७



एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३६ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २४ हजार १ सय १७ पुगेको छ । संक्रमित भएकामध्ये १ लाख २४ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो । इटालीमा सबैभन्दा बढी मृतक संख्या रहेको छ ।

देश         संक्रमित
अमेरिका- ८५६१२
चीन- ८१३४०
इटाली- ८०५८९
स्पेन- ५७७८६
जर्मनी- ४७२७८
इरान- २९४०६
फ्रान्स- २९१५५
स्वीटजरल्यान्ड- ११८११
बेलायत- ११६५८
दक्षिण कोरिया- ९३३२
नेदरल्यान्ड- ७४३१
स्रोनः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्