Logo

कर्णालीमा विशेष आर्थिक कार्यक्रम घोषणा गर्न काग्रेसको माग



कर्णाली, १४ चैत्र । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने वर्गलाई लक्ष्य गरी विशेष आर्थिक कार्यक्रम ल्याउन माग गरेको छ ।कांग्रेसले आज विज्ञप्ति जारी गर्दै विपन्न तथा दैनिक ज्याला मजदूरीमा निर्भर प्रदेशका बासिन्दालाई तत्काल सम्बोधन गर्नाका साथै कोभिड १९ विरुद्धका प्रतिकार्यलाई तीव्रता दिन माग गरेको छ । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र उपलब्धता नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

दलका नेता जीवनबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षामा पनि ध्यान पु¥याउन आवश्यक छ, अत्यावश्यक आवश्यक औषधि, मेडिकल उपकरण र थप जनशक्तिको समयमै उपलब्धताका लागि सङ्घीय सरकारसंँग समन्वय गर्न ढिला गर्नु हुँदैन, स्थानीय तहहरुसंँग मिलेर प्रतिकार्य योजना बनाएर अघि बढ्न सके महामारी रोकथाम प्रभावकारी हुन सक्छ ।”

कर्णाली सरकारले कोभिड १९ को सम्भावित जोखिम रोकथामका लागि गरेको तयारीको प्रशंसा गर्दै काङगे्रसले सङ्घीय राजधानी काठमाडौ र भारतबाट फर्केकाहरुको प्रभावकारी स्वास्थ्य जाँच गर्न जोड दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot