Logo

नेपालमा कोरोनाः तीन पुरुष र दुई महिला संक्रमित



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसका पाँच संक्रमितमध्ये तीन पुरुष र दुई महिला भेटिएका छन् । पुरुषहरु २० वर्षमाथिका छन् भने महिलाहरु किशोरावस्थाका छन् ।

संक्रमितमध्ये पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो । चीनमा अध्ययन गर्दै आएका उनी युवावस्थाका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । उनलाई ९ चैत्रमा संक्रमण भएको खुलेको थियो ।

तेस्रो व्यक्ति ३२ वर्षीय पुरुष हुन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको १२ चैत्रमा पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट काठमाडौं आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका हुन् ।

चौंथा संक्रमित धनगढी घर भएका हुन् । ३४ वर्षीय ती पुरुष दुबईबाट ७ चैत्रमा फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका युवक दुबईबाट दिल्ली काठमाडौं, नेपालगञ्ज हवाई मार्गबाट र त्यहाँबाट सडक मार्गबाट ८ चैत्रमा कैलाली पुगेका थिए ।

कोरोना संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् । उनी संक्रमित भएको १५ चैत्रमा पत्ता लागेको हो ।

किशोरी ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी कतार एयरवेजको क्युआर ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् ।

संक्रमितबारे
पहिलो संक्रमितः पुरुष
दोस्रो संक्रमितः महिला
तेस्रो संक्रमितः पुरुष
चौंथो संक्रमितः पुरुष
पाचौं संक्रमितः महिला



प्रतिक्रिया दिनुहोस्

Screenshot