Logo

४० हजारलाई क्वारेन्टाइनमा पुर्याउने शिख गुरु, कोरोनाले यीनको मृत्यु भएपछि बनेको गीत भाइरल



एजेन्सी, १६ चैत्र । शिख धर्मगुरु बलदेव सिंहको कोरोना भाइरसको संक्रमणले निधन भएपछि उनीसँग सम्पर्कमा आएकामध्ये १९ जना संक्रमित भएको खुलेको छ । इटाली र जर्मनीको केही हप्ता लामो भ्रमण सकेर ७० वर्षीय गुरु बलदेव भारत फर्केका थिए । उनी फर्किएपछि कोरोना भाइरसको संक्रमणबाट सचेत रहन र एक अर्कासँग नजिक नआउन भनिएको थियो । तर, उनले टेरेनन् ।

गुरु बलदेव सिंह दर्जनौं गाउँ पुगेर कार्यक्रममा सहभागी भएका थिए । ती गाउँहरु सबै सिज गरिएका छन् । गाउँवासीलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । पञ्जाबका ती गाउँमा रहेका क्वारेन्टाइनमा छन् र जो जोलाई संक्रमणको शंका लागेको छ टेष्ट गर्न थालिएको छ ।

१५ वटा गाउँहरुलाई १० दिन अगावै सिल्ड गरिएको थियो । ती गाउँहरुमा मात्र २० हजार बासिन्दा बसोबास गर्छन् ।

गुरु बलदेव सँगै युरोप यात्राबाट फर्किएका दुईजना सहयोगीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । फर्किएपछि पनि गुरु बलदेव विरामी भएर नढलेसम्म यात्रामा थिए । पछि उनको मृत्यु भयो ।

गुरुको युरोप यात्रा र फर्केर हजारौंलाई क्वारेन्टाइनमा पुर्याएको विषय समावेश गरी क्यानडामा रहेका पञ्जाबी गायक सिद्धु मुस वालाले गीत सार्वजनिक गरेका छन् । अहिले त्यो गीत दुई दिनमै दशौं लाखले हेरिसकेका छन् । गीतमा –मैंले रोग सारेँ मृत्युको छायाँ बनेर गाउँ घुमेँ  जस्ता शब्द छन् ।

Photo Source: Yespunjab.com



प्रतिक्रिया दिनुहोस्