Logo

प्रतिरक्षा प्रणाली कमजोर भएको पत्ता लगाउने तरिका



प्रतिरक्षा प्रणालीको बलियो भएमा हामी रोगसंग लड्न सक्छौ । यदि हाम्रो प्रतिरक्षा बलियो भएमा रोगले हामीलाई आक्रमण गर्न सक्दैन । यदि हाम्रो प्रतिरक्षा बलियो भएमा हैपटाइटिस, इन्फेक्सन, मिर्गौला सहित धेरै रोगबाट हामीलाई बचाउँछ । तर, हाम्रो प्रतिरक्षा कमजोर भएको कसरी पहिचान गर्ने त यसको बारेमा चर्चा गरौं ।

यदि कोही नजिकमा खोकिरहेको छ भने तपाइँले पनि तुरुन्तै खोकेमा कमजोर प्रतिरक्षा प्रणाली कै असर हो । बदलिएको मौसममा तपाईलाई रोग लागेमा कमजोर प्रतिरक्षा प्रणालीलाई दर्शाउछ । यदि तपाइँ मौसम बदलिदा बिरामी हुनुहुन्छ भने तपाइँको प्रतिरक्षा प्रणाली कमजोर छ ।

व्यायाम गर्ने समयमा सास फुल्ने वा छिटो नै थाक्ने कमजोर प्रतिरक्षा प्रणाली कै कारण हो । निन्द्रा नलाग्नु, आँखाको तल कालो दाग वा धब्बा आउनु, थकान महसुस हुनु कमजोर प्रतिरक्षाको कारण हुन् । अरु भन्दा आफु बारम्बार बिरामी हुनु, चिसो, खोकी, घाटी दुख्ने, छालामा दाग आउनु पनि कमजोर प्रतिरक्षा प्रणाली नै हो । बारम्बार युटिआई, पखाला लाग्नु, मुखमा घाउ आउनु, सुन्निुनु कमजोर प्रतिरक्षा प्रणालीको कारण हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot