सत्य र विश्वास आरोपहरुको सामना गर्ने माध्यम हो । सत्यको सधै विजय हुन्छ र स्थिीतीको धेरै सुधार हुन्छ । तपाइँले जे गर्दै हुनुहुन्छ त्यसमा तपाइँको गल्ती निस्किनेछ । जोश र उत्साहले काम गरिरहुनपर्छ । एक प्रबृद्ध मानिस आफ्नो प्रकृति अनुसार राम्रो काम जारी राख्छ । उसको मनोवृत्ति कसैको प्रशंसा वा आलोचनाबाट प्रभावित हुँदैन ।
आफ्नो आत्माको विकास गर्न आलोचना गर्ने प्रवृत्तिबाट दिमागलाई जोगाउन तपाइँले आफ्नो फेलोशिपको मुल्यांकन गर्नुपर्छ । राम्रो विश्वासले तपाइँलाई उठाउन र गिराउन सक्छ । त्यसैले काम गर्दा नै विचार गर्नुपर्छ, यसले तपाइँलाई खुशी, उत्साह, सेवा, प्रेम, विश्वास र ज्ञानको दिशामा आर्कषित गर्दछ ।
एक अज्ञानीले भन्छ कि “मलाई दोष नदेऊ, किनकी यसले मलाई चोट पु¥याउछ । ” । एक प्रबृद्ध व्यत्तिले भन्छ “मलाई दोष नदेऊ, किनकी यसले तिमीलाई पु¥याउछ । ” एकातिर कोहि तपाइँलाई दोष देखाएर भावनामा चोट पु¥याउछन् । अर्कोतिर प्रबृद्ध व्यक्ति करुणाको कारण आलोेचना नगर्न भनिरहन्छ । अत्याचारी र आरोपित हुने झुकावले सम्बन्धहरुलाई नष्ट गर्दछ । त्यसकारण अर्काको दोष देखेर आरोप लगाउनुको सट्टा कसरी प्रशंसा गर्ने र उसलाई माथी उठाउनेमा हुनु पर्छ । यसो गर्दा तपाइँ सहि व्यक्ति प्रमाणित हुनुहुन्छ । जब अरुलाई जानी जानी दुःख नदिने हो भने सबैको प्रेम प्राप्त गर्न सक्नुहुनेछ ।