ललितपुर, १७ चैत्र । ललितपुर नगरपालिकाले आज यस महानगर क्षेत्रभित्रका सम्पुर्ण किराना पसलहरुमा सामाग्रीहरुको मुल्यसुचि अनिवार्य राख्न प्रेश विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
महानगरले किराना पसलहरुले मुल्यसुचि राखे नराखेको वारेमा अनुगमन गर्न सम्बन्धित वडा अध्यक्ष वा वडा सदस्यहरुलाई आग्रह गरेको छ । मुल्यसुचि राखेको नपाइएमा कानुन बमोजिम कारवाहीको लागि महानगर वा जिल्ला प्रशासन कार्यालयमा सिफारिस हुने व्योहोरा प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।