Logo

२ करोड सहयोग गर्दै ज्ञानेन्द्र शाहले भने- महामारीमा ज्यानको प्रवाह नगरी खट्नेप्रति आभार (विज्ञप्तिसहित)



काठमाडौं, १८ चैत्र । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दुई करोड प्रदान गरेका छन् । उनले आज कोषमा दाखिला हुनेगरी उक्त रकम हिमानी कोषमार्फत् उक्त रकम दिएका हुन् ।

‘दुःख कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दाखिला गर्न बुझाएका छौं,’ शाहले भनेका छन् ।

उनले लकडाउन सबैलाई पालना गर्न भन्दै कसैलाई पनि गैह् जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरुरी रहेको बताए । उनले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना नेपाल प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारहरुप्रति पनि आभार व्यक्त गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot