Logo

लकडाउन डायरी : न्युप्लाजादेखि एयरपोर्टसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, १८ चैत्र । सरकारले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ । लकडाउनको आज आठौं दिन हो । यो अझै चैत्र १५ गते राति १२ बजेसम्म रहन्छ । अत्यावश्यक कामबाहेक कोही पनि घरबाट ननिस्किन सरकारले आदेश दिएको छ । जनताले सरकारको आदेश पालना गरिरहेका छन् । लकडाउनले जनजीवन प्रभावित बनेको छ । तर, कोरोनाबाट बच्नको लागि नेपाल र नेपालीहरुको लागि यो भन्दा उत्तम विकल्प अरु केही पनि छैन् ।

सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्सलाई कुनै रोकतोक गरिएको छैन् । कडाउनको आदेश उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाहीसमेत गरेको छ । लकडाउन उल्लंघन गर्नेहरुको ठूलो संख्या छ । आज विहानको कुरा गर्दा आदेश उल्लंघन गर्नेहरुको संख्या ६ सयभन्दा माथि छ । तीमध्ये ५ सय ४७ पुरुष र ७८ महिला छन् । त्यस्तै प्रहरीले ६८ सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ ।

लकडाउनको प्रभावले मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल देखिएको छ । लकडाउनको आज आठौं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले न्यूप्लाजादेखि एयरपोर्टसम्मका तस्विर आफ्नो क्यामेरामा कैद गरेका छन् ।

हेरौं तस्विर: PHOTO BY: MUKUNDA KALIKOTE/REPORTERSNEPAL.COM



प्रतिक्रिया दिनुहोस्

Screenshot