Logo

ज्येष्ठ नागरिकलाई विशेष सुरक्षा



काठमाडौँ, १९ चैत । एक सय एक वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे लकडाउनका बेला पनि निकै सक्रिय छन् । महाकाव्य ‘ऋतम्भरा’लाई पूर्णता दिन कस्सिनुभएको छ ।

त्यसबाहेक उनले फुटकर कविता पनि लेखिरहेको छ । कोरोना भाइरसको चिन्ता उनलाई भन्दा बढी उनको परिवारलाई छ । यसको जोखिम वृद्धवृद्धालाई बढी हुने भनिएकाले भेटघाटमा पूर्णतया रोक लगाइएको राष्ट्रकविका छोरा इन्दिवर घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार बिहानदेखि बेलुकासम्मको छुट्टै रुटिन बनाएर राष्ट्रकविको हेरविचार गरिएको छ । पारिवारिक कुराकानी, घाममा बस्ने, नुहाइधुवाइलाई महत्व दिइएको छ ।

नरम दाल, भात र तरकारी नै राष्ट्रकविको विशेष खान्की हो । फोनमा कुरा गर्न भने रोक लगाइएको छैन । राष्ट्रकविसँगै उनकी धर्मपत्नी ८५ वर्षीया महाकाली घिमिरेलाई पनि परिवारका सदस्यले विशेष ध्यानपूर्वक रेखदेख गरिरहेका छन् । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी लकडाउनमा बाहिर निस्कन नपाउँदा केही निराश छन् । “के गर्नु घरमै बस्नुपर्छ, भेटघाट गर्न पाएको छैन”, उहाँ भन्नुहुन्छ । घरमा बस्दा उहाँ रेडियो, टेलिभिजन हेर्ने सुन्ने गरेर दिन बिताउँदै छन् ।

बिहान घाममा बस्ने अनि परिवारका सदस्यसँग गफिने बाहेकको अर्को दिनचर्या ठप्प छ । पुस्तक पढ्न आँखाको समस्याले अलिक अप्ठ्यारो परेको उनले सुनाएका छन् । यस अवधिमा उहाँले पहिलेभन्दा त्यस्तो फरक खान्की अपनाउनुभएको छैन । उही दैनिक खाने दाल, भात र तरकारी नै रुचाउनुहुन्छ । बन्दले हरियो सागपात खान नपाएको गुनासो उनले पोखेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot