Logo

कोरोना भाइरस (अपडेट) : विश्वभर साढे आठ लाख भन्दाबढी संक्रमित



एजेन्सी , १९ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट आठ लाख ५८ हजार आठ सय ९२ मानिस संक्रमित भएका छन् । भाइरसका कारण विश्वभर मूत्यु हुनेको संख्या ४२ हजार एक सय ५८ पुगेको छ । त्यसगरी भाइरसको संक्रमणमा परेका एक लाख ७८ हजार एक सय जना उपचारपछि सकुसल घर फर्केका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट चीनपछि इटली, अमेरिका, स्पेन बढी प्रभावित भएको छ । भाइरसको संक्रमण फैलिन नदिन सम्पूर्ण देशहरुले लकडाउन समेत गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot