Logo

आज २०७६ चैत्र २२ गते शनिबारको राशिफल



काठमाडौं, २२ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र २२ गते शनिबार इश्वी सन २०२० अप्रिल ४ तारीख चैत्र शुक्लपक्ष एकादशी तिथी अष्लेषा नक्षत्र धृती योग वव करण चन्द्रमा कर्कट राशिमा १२ः५५ बजे सम्म पश्चात सिंह राशिमा आनन्दादि योगमा मानस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु कामदा एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० ( सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृष राशि ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० (मित्रजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । मध्यानपश्चात आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

मिथुन राशि ९का, कि, कु, घ, ङ, छ, के, को, ह० (सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दवावको कारण मानसिक समस्या आईपर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यानपश्चात् नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० ( नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह राशि ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० ( बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कन्या राशि ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० ( मित्र जनको साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० ( सभा तथा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ र सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन ।

बृश्चिक राशि ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० ( गैरब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्राकारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यानपश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । मानसम्मान प्राप्तीको योग रहेको छ । सवारीसाधनको प्रयोमा ध्यान पुर्याउनु होला ।

धनु राशि ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० ( ईष्टमित्र बीच सामान्य वादविवादको योग रहेको छ । मध्यानपश्चात मित्र तथा दाजुभाई बीचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० ( मनोबिलासिताका सामान खरिद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्तिबाट बच्नुपर्ने समय छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

कुम्भ राशि ९गु, गे, गो, सा, सि, सु, से, सो, द० ( नजिकका ब्यक्तिबाट धोका मिल्न सक्छ । सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार तथा व्यवसायको निम्ति उत्तम समय रहेकोछ ।

मीन राशि ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० ( अरुको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिष्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थ्य गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot