Logo

सबैको साझा प्रतिबद्धता आवश्यक : पोखरेल



काठमाडौंँ, २२ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको छाउनीस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) कार्यालयको शुक्रबार निरीक्षण गरिएको छ ।

सीसीएमसीका संयोजकसमेत रहेका पोखरेलले सीसीएमसीको कार्यालय स्थापनासँगै हालसम्म भए गरेका काम कारबाहीका बारेमा जानकारी लिएको सेनाले जनाएको छ । निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार, सङ्क्रमितलाई सुरक्षित ढङ्गले अस्पतालसम्म पु¥याई उचित उपचार व्यवस्था, अत्यावश्यक औषधि, उपकरण तथा स्वास्थ्य सामग्रीका बारेमा जानकारी लिएका छन् ।

त्यस अवसरमा विज्ञ चिकित्सक, स्वास्थ्य सेवा विभाग र सैनिक चिकित्सकहरूले कोरोना नियन्त्रण गर्न आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतीकरणमार्फत रक्षामन्त्रीलाई जानकारी गराइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, अत्यावश्यक उपभोग्य सामानहरूको आपूर्ति र राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराइएको थियो ।

पोखरेलले कोरोना महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले वर्तमान परिस्थितिलाई सहज तथा सन्तुलित बनाउन सम्बद्ध सरोकारवाला निकाय सबैकोे साझा प्रतिबद्धता, मिहिनेत र इमान्नदारी आवश्यक भएको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot