Logo

शुभतारा स्कुल र नाङ्लोले लकडाउनभर राहत बाँड्दै (तस्बिरसहित)



ललितपुर, २२ चैत्र । शुभतारा स्कुल र नाङ्लो बेकरीले लकडाउनभर राहत बाँड्ने क्रमलाई गति दिएको छ । दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने र विपन्न आर्थिक अवस्थाकाहरुलाई खोजी खोजी राहत बाँडिरहेको छ । लकडाउनले भोकाएका कुकुर र बाँदरहरुलाई पनि ठाउँ-ठाउँमा पुगेर तयारी खाना र खाद्यान्न सामाग्री वितरण गरिरहेको छ ।

एक हप्तायता शुभताराले विपन्न आर्थिक अवस्थाका मानिसहरुका लागि राहत बाँडिरहेको हो । अहिलेसम्म पाँच हजार पौंड पाउरोटी बाँडिसकिएको बुझिएको छ । शुभतारा स्कुलकी संस्थापक प्रिन्सिपल रानी गुरुङ्ग कक्षपतीका अनुसार टेकु, कालिमाटी, नयाँ बस पार्क, बालाजु, चोभार, भक्तपुर, साँखु, लुभु, किर्तिपुर, महाराजगञ्ज, कपन, स्वयम्भु, नैकापलगायतका क्षेत्रमा दैनिक ज्यालादारी गर्ने विपन्नलाई मात्र नभई कुकुर र बाँदर जस्ता जनावरलाई पनि खाना वितरण गरिएको छ । कक्षपतीका अनुसार छाउपिडी पीडित, एनआइभी संक्रमितका बालबालिका र अपाङ्ग विरामी मानिसहरु बस्दै आएको ठाउँहरुमा पुगेरै खाद्यान्न वितरण गरिएको छ ।

आउँदो हप्ताबाट टहरा र कारखानामा बस्दै आएकालाई दैनिक उपभोग्य सामाग्री वितरण हुने योजना रहेको कक्षपतीले बताइन् । उनका अनुसार तीन सय परिवारलाई राहत वितरण गर्ने योजना रहेको छ । अत्यावश्यकहरुको पहिचान गरी उनीहरु बसोबास गरेको स्थानमै पुगेर राहत वितरण गरिएको बताइएको छ ।

शुभताराकी संस्थापक प्रिन्सिपल रानी गुरुङ्ग कक्षपतीले विद्यालयको आदर्श वाक्य नै मेरो ईश्वर र मेरो देश रहेको भन्दै सेवा गरेर यस्तो लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot