पारिजात फुललाई हरसिंगार र शेफलिका पनि भनिन्छ । अंग्रेजीमा नाइट जेस्मिन र ऊर्दुमा गुलजाफरी भनिन्छ ।
१. चिरैयोवनः पौराणीक मान्यता अनुसार पारिजातको वृक्षलाई स्वर्गबाट ल्याएर धरतीमा लगाएका थिए । नरकासुरको मृत्यु पछि एक पटक श्रीकृष्ण स्वर्ग गए र इन्द्रले पारिजातको फुल भेटे । उक्त फुल श्रीकृष्णले देवी रुक्मिणीलाई दिए । देवी सत्यभामालाई देवलोकबाट देवमाता अदितिले चिरयौवनको आर्शीवाद दिएकी थिइन् । तब नारदजी आए र सत्यभामालाई पारिजात फुलबारे बताए उक्त फुलको प्रभावबाट देवी रुक्मिणी पनि चिरयौवन भइन् । यो थाहा पाएर सत्यभामा क्रोधित भईन् र श्रीकृष्णबाट पारिजात वृक्ष ल्याउनको लागि जिद्धि गरिन् । पारिजातको वृक्षको उत्पत्ति समुन्द्र बगीरहने क्रममा भएको थियो र इन्द्रले आफ्नो वाटिकामा रोपेका थिए भनिन्छ ।
तनाव घटाउँछः पारिजातको फुलले तपाइँको जीवनमा तनाव हटाएर खुशी भर्न सक्ने क्षमता राख्छ । यसको वास्नाले मस्तिष्कलाई शान्त गराइदिन्छ ।
थकान मेटाउछः पारिजातको अद्धभुत यो फुल रातमा मात्र फुल्ने र बिहान सबै फुल झरिसक्ने गर्छन् । यसको वृक्ष छोएमा व्यक्तिको थकान मेटिन्छ ।
शान्ति र समृद्धि ल्याउँछः यो फुल लक्ष्मीको पुजा गर्न प्रयोग गरीन्छ, आफै फुलेर रुखबाट भुईमा खस्ने फुल लाई लक्ष्मीको पुजामा प्रयोग गरिन्छ । जसको आँगनमा यो फुल फुल्छ उक्त घरमा सधै शान्ती र समृद्धिको वास हुन्छ ।
हृदय रोगमा लाभः हृदय रोगको लागि हरसिंगार प्रयोग धेरै लाभदायक हुन्छ । १५ देखि ५० फुलको रसको सेवनले हृदय रोगको असर कम गर्न मद्दत मिल्छ ।