Logo

‘लिफ्ट’ दिने बहानामा दुई युवती बलत्कार



स्याङ्जा, बैशाख १।कोरोनाभाइरसका कारण देशमा लकडाउन कायम रहदा स्याङ्जाका दुई युवती बलात्कारको शिकार बनेकी छन् । जिल्लाको हरिनाश गाउँपालिका–६ घर भएकी युवतीलाई लकडाउनको समयमा मोटरसाइकलमा घर सम्म पु¥याइदिने भन्दै दुई जनाले बलत्कार गरेको खुलेको छ ।

१९ वर्षीया बिमला (नाम परिवर्तन) लाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । करणी गर्दे गर्दा स्थानियले देखेपछि घटना सार्वजनिक भएको हो ।

घटना लगत्तै फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरि कारबाही अगाडी बढाएको छ । त्यस्तै, चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियारले सोहि गाँउकी २३ बर्षिया युवतीलाई ललाईफकाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई प्रहरीले चैत २४ गते पक्राउ परेको थियो । दुबै घटनामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot