Logo

अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ता, बहुमत सदस्य आफूहरुसँग रहेको राजेन्द्र श्रेष्ठको दाबी



काठमाडौं, २३ बैशाख । राजेन्द्र श्रेष्ठले बहुमत सांसद र सदस्यहरु आफूहरुको नेतृत्वमा दर्ता भएको नयाँ दल जनता समाजवादी पार्टीमा रहेको दाबी गरेका छन् । १२ मध्ये ७ जना सांसदहरु लिएर अशोक राईले नयाँ दल दर्ता गराउँदा पार्टीको नाम जनता समाजवादी पार्टीमात्रै राखेका छन् । यादवले नेतृत्व गरेको दलको नाम भने जनता समाजवादी पार्टी, नेपाल छ । राईको नेतृत्वमा दर्ता भएको पार्टीको नाममा नेपाल भने राखिएको छैन् ।

निर्वाचन आयोगमा दल दर्तापछि मिडियालाई प्रतिक्रिया दिँदै राजेन्द्र श्रेष्ठले आफूहरु अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले भने,‘हिजोको घोषणापत्र, विधान, नीति तथा कार्यक्रम निरन्तरता दिन्छौं । बहुमत सांसद हामीसँग छन् । बहुसंख्यक प्रतिनिधिसभा सदस्यहरुको सहित यो नयाँ दल दर्ता भएको छ । हामी त ऐतिहासिक रुपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौं । राजनीतिक अस्थिरताको चर्चा तथा परिचर्चा भैरहेको बेलामा हामी स्थिरताको पक्षमा छौं ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot