Logo

एक्लै हिड्दा सर्पले डसीहाल्ने



भारतको उत्तराखण्डमा एक महिलालाई पाँच पटक एउटै सर्पले टोकेको छ । यद्यपि ति महिलालाई केही भएको छैन । गाउँका मानिसहरुले कुनै चमत्कार भन्दा कम मानिरहेका छैनन् ।

एक दिन २९ वर्षिया संगीता आफ्नो ससुराको साथमा गौशला गएकी थिइन् । उनले एउटा सर्प देखिन, ससुराले सर्पलाई मारीदिए । उक्त दिनदेखि संगीत एक्लै हुँदा एउटा सर्प पछि पछि आएर डस्छ । उनलाई एकै महिनामा पाँच पटक डसीसकेको छ । सर्पले टोक्दा बित्तिकै अस्पताल लैजाने गरेका छन् ।

यो घटनाले पुरै परिवारमा त्रास बढेको हुनाले तन्त्र मन्त्र तिर लागेका छन् । यो घटना नदोहिरन दिनलाई भगवान शिवको मन्दिर पनि गाउँमा स्थापना गरेका छन् । यति गर्दा पनि संगीताको पिछा गर्न भने सर्पले छोडेको छैन ।



प्रतिक्रिया दिनुहोस्