Logo

बैंकहरुले निक्षेपको जस्तै ऋणको ब्याजदर घटाउनु पर्ने



काठमाडौं, ६ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले निक्षेपको जस्तै ऋणको ब्याजदर पनि घटाउनु पर्नेमा जोड दिएका छन्। अर्थमन्त्री खतिवडाले अहिले व्यवसाय बच्न सक्यो भने बैंक पनि बाच्न सक्ने हुदा ऋणको ब्याजदर पनि घटाउन बैंकहरुलाई आग्रह गरेका हुन्।

निक्षेपकर्ता र ऋणीलाई मार नपर्ने गरी ब्याजदरलाई सन्तुलनमा ल्याउन बैंकहरुलाई अर्थमन्त्रीले अनुरोध गरेका छन्। अहिले बैंकहरुले नाफा गर्नतर्फ भन्दा पनि व्यवसाय टिकाउने कुरामा सहयोग गर्न आग्रह गरेका हुन्। व्यवसाय र बैकिङ्ग सेवालाई बचाउनका लागि नियमकनकारी व्यवस्थालाई केही खुकुलो पनि पार्दै आएको अर्थमन्त्रीले बताए।

त्यसैगरी, व्यवसायीहरुले पनि यो समस्या तत्कालको समस्या हो यसलाई समाधान गर्न सकिन्छ भन्ने हिसाबले आफ्ना केहि तत्कालिन खर्चहरुलाई छोडेर अरु व्यवसाय योजनाहरु अघि बढाउन उनले सुझाव दिएका छन्।

अर्थमन्त्रीले भने, सरकारको ट्रजरीमा धेरै पैसा छैन तरलता बाहिर जादा समस्या समाधान हुने राजश्व संकलनका सीमाहरु सिमित रहेका छन् केही क्षेत्रमा खर्चको आवश्यकता बढेको छ।

दातृ निकायको सहायतासँग सम्बन्धित क्षेत्रमा खर्च नआएको हुदा आउन पनि कम हुने अर्थमन्त्रीले बताए। त्यसैले बैकिङ्ग क्षेत्रको तरलतालाई रेमिट्यान्स कम हुने बित्तीकै केही चाप बढ्ने भएकाले कर्जा र निक्षेपको ब्याजदरमा सन्तुलन ल्याउनु पर्नेमा उनले जोड दिए।

उद्योगको सञ्चालन रोकिदा ब्याजको मिटर बढ्ने ऋणको सावा किस्ता भुक्तानी दबाब पर्ने भयो। कर्मचारी, मजदुर, कामदार, श्रमीकहरुको ज्याला र तलबको भुक्तानीमा समस्या र सामाजिक सुरक्षाका विषयहरुमा देखिएको समस्यालाई सरकारले छिट्टै व्यवस्थापन गर्ने आश्वासन दिए।

सरकारले पहिलो चरणको राहतमा उद्योग सञ्चालन नभए पनि बिजुलीको खर्च व्यवस्था गर्दा यीनै विषयलाई सम्बोधन गरेको उनले बताए।

उनले भने बजेट आउदै गरेकोमा मध्यकालीन र दीर्घकालीन रुपमा निष्काशन भईसकेको लगानीलाई छिट्टै पूर्नउत्तथान गर्ने र सामान्य अवस्थामा फर्कने वित्तीय, मौद्रिक, प्रशासनिक तथा श्रम बजारसँगका योजनाहरु व्यवस्थापन गर्नुपर्ने हुन्छ। यी सबै विषयमा विचार गरेर अघि बढाउनु पर्नेछ।

जहासम्म राहतको सहकार्य गरेर सरकारले कति ब्यर्होन सक्छ? रोजगारदाताले कति व्यहोर्न सक्छ? अन्तराष्ट्रिय सहयोगदाताहरुले कति थप सहयोग गर्न सक्छन्? जसले गर्दा वित्तीय प्रणालीमा तरलता थप हुन सक्न बाटोमा जादै गरेको अर्थमन्त्रीको भनाई छ।

त्यसैगरी, लकडाउन खुल्ला हुने वितीकै विदेशी लगानीसँग सम्बन्धी अड्किएका कामहरु खोल्नु पर्ने अर्थमन्त्री खतिवडाले बताए।

कोरोना संक्रमण कम हुने बित्तिकै तत्काल सञ्चालन गर्न सकिने क्षेत्रहरु पनि रहेका छन्। कृषि, उत्पादनमुलक र निमार्ण क्षेत्र तत्कालै अघि बढाउनु पर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए।-मेरो लगानीबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot