Logo

रासन लिन बसेकी महिलाको लाममै मृत्यु



एजेन्सी, ७ वैशाख । दुई दिनलगातार लाममा बसेकी थिइन् महिला । अघिल्लो दिन लाममा बस्दा पालो आएन । दोस्रो दिन पालो आउला कि भनेर लाममा थिइन् । तर, उनको लाम लाग्दै गर्दा मृत्यु भयो ।

मुटुरोगी ती महिलालाई हृदयघात भएको थियो । यो घटना भारतको भारतको उत्तर प्रदेशस्थित बदायूं जिल्लाको हो । एक सरकारी पसलको अगाडी रासन लिन लाइनमा उभिएकी उनको शुक्रबार मृत्यु भएको हो।

मृ महिलाको मृत्यु हार्ट अट्याकका कारण भएको आशंका गरिएको भारीय सञ्चारमाध्यमले जनाएका छन्। बदायूं जिल्लामा सालारपुर बल्कको प्रह्लादपुर गाउँको शमीम बानो शुक्रबार रासनको लागि लाइनमा बसेकी थिइन्। बानोकी पति दिल्लीको एक प्राइभेट कम्पनीमा काम गर्छन्। उनी लकडाउनको कारण त्यही फसेका छन्। बानो एक दिन अघि पनि लाइनमा बसेकी थिइन्। उनको पालो आएको थिएन। दोस्रो दिन उनी बिहान आठ बजेदेखी लाइनमा बसेकी थिइन्। तर, उनले न त रासन पाइन् न त घर फर्किइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot