Logo

अध्याँरोमा पनि चम्कने भ्यागुतो



वैज्ञानिकहरुले अध्याँरोमा चम्किने भ्यागुता भेटेका छन् । यो दक्षिण अमेरीकाको अर्जेन्टिनामा भेटेका हुन् । पहेलो र रातो रंगको भ्यागुतोले सामान्य उज्यालोमा रंग फेर्ने गर्दछ ।  उज्यालोमा यसको रंग पोल्का डट्स जस्तो देखिन्छ तर अध्यारोमा गाढा निलो र हरेक रंगको रोशनीमा चमक दिन्छ । यो भ्यागुतो धेरै रुखको नजिक बस्छ र जब शोधकर्ताहरुले पराबैगनी किरण भएको फ्लैशलाइटमा भ्यागुतोलाई फ्याके तब भ्यागुतो राता रंग हुनुपर्नेमा भित्रै देखि गाढा निलो रंगको प्रकाशमा परार्वितन हुन थाल्यो ।

शार्ट तरंगमा प्रकाशको अवशोषित गर्ने र लामो तरंगमाथि उसको परावर्तित गर्ने यो प्रक्रिया पद्धार्थमा सामान्य हो । यो जीवमा दुर्लभ मानिन्छ । शोधकर्ताले दक्षिण अमेरिकाको यो पोल्का डाट भ्यागुतो कुनै पनि जनावरसँग तुलनामा बिल्कुल फरक तरीकाबाट परार्वतन प्रक्रियाको प्रयोग गरेको बताएका छन् । हाल समुन्द्मा पाइने केही जीवमा यो गुण पाइन्छ । कोरल्स, माछा, शार्क र यति सम्मकी कछुवाको एक प्रजातीमा पनि यो गुण पाइन्छ । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्