Logo

आफ्नो शक्तिमा विश्वास नहुनु घातक



एक जंगलमा ठूलो रुख थियो । उक्त रुखमाथी एउटा चील गुण बनाएर बसेको थियो उक्त गुणमा उसले अण्डा पनि पारेको थियो । उहि रुखको फेदमा एक जंगली कुखुराले पनि अण्डा राखेको थियो । एक दिन चीलले आफ्नो अण्डा तल खसायो र कुखुराको अण्डामा गएर मिसियो । समय बित्दै गयो र चीलको बच्चा खसेको अण्डाबाट निस्कियो र चीलको बच्चा कुखुराको बच्चासँग हुर्कियो र उनिहरुले जे खान्छन् त्यहि खान थाल्यो । जति कुखुरा उड्छन् त्यति मात्र चीलको बच्चा पनि उड्न थाल्यो ।

एकदिन उसले आकाशमा एक चील देख्यो जुन सानका साथमा उडीरहेको थियो । उसले आफ्नी कुखुराको आमालाई सोध्यो, त्यसको नाम केहो ? यो त निकै माथीसम्म उडिरहेको छ ? तब कुखुराले भन्यो उ चील हो । फेरी चीलको बच्चाले सोध्यो म त्यति धेरै किन उड्न सक्दिन ? तब कुखराको आमाले भनिन्, किनकी तिमी एक कुखुरा हो । उसले कुखुराको कुरा मान्यो र कुखुराको जिन्दगी जिएर एक दिन मर्यो ।

हामी पनि नयाँ जे सोच्छौ वा कोशिश गर्छौ अर्को व्यक्तिले रोकीरहन्छ । अर्काको सोचले हामी सधै डराइरहन्छौ, हार मान्छौ र अघि बढ्न सक्दैनौ ।

निस्कर्षः यसको मुख्य कारण आफुमाथी भरोसा नहुनु, आफ्नो शक्तिमा विश्वास नहुनु हो । त्यसैले आफुमाथी भरोसा राख्नु, आफैले आफैलाई पहिचान गर्नु पर्दछ । यदि जीत निश्चित भएमा कायर पनि लड्छन्, बहादुर त उ कहलिन्छ, जो हार निश्चित भएतापनि फेरी पनि मैदान छाड्दैन ।



प्रतिक्रिया दिनुहोस्