Logo

‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’



काठमाडौँ, ८ वैशाख । विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै देखिन्छ । तर पछिल्लो समयमा आएका रिपोर्टहरूले सङ्क्रमितको सङ्ख्या बढेको छ ।

यसले कतै स्थिति भयावह हुने त होइन भन्ने मनोविज्ञानसमेत बनेको देखिन्छ । समग्रमा अहिले कोभिड–१९ को परीक्षण, रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासहरूको सम्बन्धमा प्रधानमन्त्रीज्यू स्वयंको मूल्याङ्कन के छ ? कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वमा महामारीका रूपमा दावानलका रूपमा देखापरेको छ । डढेलोझैँ फैलिइरहेको छ । करिब डेढ लाख मानिसको ज्यान लिएको छ । यो विश्वकै लागि चुनौती बनिरहेको छ ।

हामी विश्व परिवारको एक सदस्य राष्ट्र भएकाले हाम्रा निम्ति पनि चुनौतीरहित छैन तर के स्पष्ट हो भने नेपालमा सङ्क्रमित ३० जनामध्ये तीन जना निको भएर घर गएका छन् भने अरू उपचार गरी घर फर्किने क्रममा छन् । तीमध्ये एक जना मात्रै नेपालमा सङ्क्रमित भएको र अरू बाहिरबाटै सङ्क्रमित भएर आएका हुन् । तिनीहरूबाट अरूलाई सर्न नदिएर हामीले त्यो सङ्ख्यामा सीमित गरेका छौँ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot