कन्फ्युशियसको अनमोल विचारले सबैको जीवनमा एक महान परिर्वतनको दृष्टिले महत्पुर्ण छ । उनले भनेका छन्, मानवमा धेरै गुण छन् उसले सधै सुधार गर्न प्रयास गरीरहन्छ ।
- यदि व्यक्तिले मनमा आएको प्रश्न तुरुन्त सोधेमा एक मिनेटको लागि मुर्ख हुन्छ तर नसोधेमा सारा जिन्दगी भरी मुर्ख रहिरहन्छ ।
- जब अरुको विषयमा कुरा गर्नु अगाडी आफुलाई हेर्ने कोशिश गर्नुपर्छ ।
- हरेक चिज सुन्दर हुन्छन तर सबैले यो सुन्दरता देख्न पाउदैनन् ।
- जुन व्यक्तिमा बृद्धि, करुणा र साहस हुन्छ उहि व्यक्ति नैतिक र सर्वगुण सम्पन्न व्यक्ति हो ।
- जब हामी बदला लिन खोज्नु भनेको पहिला आफ्नै चिहान खन्नु हो ।
- तपाइँ निरन्तर हिडीरहनुले मान्यता राख्दैन, जब रोकिन्छ अनि मात्र थाहा हुन्छ कि कति विस्तारै हिडिएको छ ।
- अरुलाई यस्तो व्यवहार नगर्नु जुन आफुलाई मन पर्दैन, यदि आफुलाई सम्मान चाहिएमा अरुको अपमान गर्नुहुँदैन ।
- एक सज्जन व्यक्ति तब लजाउछन् जब उसको कर्म उसको शब्दमा मेल नखाएमा ।
- महानता कहिल्यै न लड्नेमा होइन, महानता त हरेक पटक लडेर पनि फेरी उठ्नेमा हुन्छ ।
- एक सिंह भन्दा धेरै डर एक दमनकारी सरकारको हुन्छ ।