Logo

हाम्रो युवा समूहले गर्यो माक्स सहयोग



काठमाडौं, ९ वैशाख । महालक्ष्मी नगरपालिकाको हाम्रो युवा समूहले माक्स सहयोग गरेको छ । समूहले नगरपालिकाको वडा नं १०, ६ र महाँकाल गाउँपालिका ललितपुरका स्वास्थ्य संस्थाका लागि ८ वैशाखमा माक्स वितरण गरेको हो ।

समूहका संयोजक समेत रहेका नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीले महालक्ष्मी नगरपालिका १० का वडाध्यक्ष बलराम लामा, वडा नं ६ का वडाध्यक्ष वासुदेव महर्जन र महाँकाल गाउँपालिकाका लेखा अधिकृत महेश भट्टराईलाई मास्क हस्तान्तरण गरेका हुन् ।

कार्कीले त्यस क्षेत्रमा कोरोना भाइरसको रोकथामका अलावा राहत कार्यक्रमबारे समेत जानकारी लिई संकटको बेलामा जस्तोसुकै सहयोगका लागि सदैव तयार रहेको बताएका छन् । उनले आफूहरु संकटको साथी भएको स्पष्ट पार्दै सहयोग जारी रहने बताए । हस्तान्तरणमा समूहका कुबेर केसी र बिनोद केसी पनि सहभागी थिए ।

हाम्रो युवा समूहले यसअघि मास्क वितरण, स्यानिटाइज, राहत वितरण, रक्तदान जस्ता कार्यक्रम आफ्नै खर्चमा गर्दै आएको छ । समूहको क्रियाकलापले देशभर सकारात्मक सन्देश गई महामारीका बेलामा युवाहरुलाई अझ सक्रिय बनाउन प्रेरित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्