Logo

राजपा र समाजवादी पार्टी भोलि एक हुँदै, एकतालाई अन्तिम रुप दिन छलफल जारी



काठमाडौं, १० बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएको छ । त्यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । विशेष सूत्रले दिएको जानकारीअनुसार दुवै पार्टीबीच भोलि बिहीबार अपरान्ह ४ बजे एकताको घोषणा गर्ने तयारी गरिएको छ ।

अहिले राजपा नेपालको पार्टी मुख्यालयमा दुवै पार्टीका शीर्ष नेताहरु एकतालाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार भोलि दुई पार्टीबीच एकता गर्नेगरि आफूहरु छलफलमा बसेको जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot