Logo

कोरोना महामारीका बिच यी दुईले गरे यसरी विवाह



१२ वैशाख : कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए।

सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल विवाह गरेका हुन्।

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको हो।

उनीहरुको ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो।

विवाह हलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तसँग हेर्न र कुराकानी गर्न सक्षम भएका थिए। मेरोलागानी

 



प्रतिक्रिया दिनुहोस्