Logo

मन्त्री नपाउने भएपछि सुरेन्द्र यादव अपहरणको झुठो आरोप लगाएर हीरो बन्न खोज्नुभयो -सांसद प्रदीप यादव



काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो दलका सांसद डा. सुरेन्द्र यादव क्याबिनेट मन्त्री बन्नका लागि काठमाडौं आएको भन्दै अपहरण झुटा आरोप भएको बताएका छन् । मन्त्री बन्ने तयारीमा बसेका सुरेन्द्र यादवले समाजवादी पार्टी र राजपाको एकता मध्यरातमा भएपछि हीरो बन्नका लागि अपहरणको झुटो खेती गरी अरुलाई बदनाम बनाउँदै हिंडेको आरोप लगाए ।

‘डा. सुरेन्द्र यादवको अपहरण भएकै होइन, क्याबिनेट मन्त्री बन्न आउनुभएको हो,’ सांसद प्रदीप यादवले न्युज एजेन्सी नेपालसँगको अन्तवार्तामा भने, ‘मन्त्री बन्न नपाउने भएपछि जनतालाई झुट बोलेर हीरो बन्न खोज्नुभयो । नेताजीहरुलाई पनि फसाउनुभयो ।’ उनले डा. सुरेन्द्र यादवलाई सत्य बोल्न चुनौती दिदै आफूलाई सबै घटनाको वृत्तान्त थाहा भएको समेत बताए ।

समाजवादी पार्टीभित्रको विवादमा सबैभन्दा असन्तुष्ट नै डा. सुरेन्द्र यादव रहेको बताए । आफूहरुले कुनै मन्त्री नमागेको तर, डा. सुरेन्द्र यादवले स्वास्थ्य मन्त्री मागेको खुलासा गरे । उनले भने, ‘उहाँले स्वास्थ्यमन्त्री खोजकै हो ।’

काठमाडौंमा तीनजनासँग आउँदा डा. सुरेन्द्र यादव अंगरक्षक, आफन्त कौशल यादव र अर्का सांसद उमाशंकर अगरियासँगै आएकोले अपहरण भन्नु हावादारी भएको बताए । उनले भने, ‘तीनजनाले चारजनालाई अंगरक्षकसहित अपहरण गरेको भन्न मिल्छ ?’ सांसद जस्तो व्यक्ति भएर सुरेन्द्र यादवले जनतालाई झुट बोलिरहेको आरोप लगाए । उनले भने, ‘राजनीतिक गर्ने मान्छेले झुठो आरोप लगाउँदै हिंड्न मिल्दैन । घरमा मासु भात खुवाएर सँगै आएका व्यक्तिलाई तीनजना व्यक्तिले चारजनालाई अपहरण गर्यो भन्ने ?’

पार्टी फोड्नका लागि समूह नबनाएको प्रदीप यादवको दाबी थियो । आफूहरुले समूह बनाएको स्वीकार्दै त्यसको उद्देश्य पार्टी फोड्ने नभएको बताए । असन्तुष्टि आफूहरुमा निकै रहेको उनले स्पष्ट पारे । सबैभन्दा बढी असन्तुष्ट सुरेन्द्र यादव बनेको बताउँदै भने, ‘सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुँदा पदमुक्त हुँदा मनमा चोट पुगेको थियो । असन्तुष्टिको मुख्य पात्र नै सुरेन्द्र यादवलगायत अर्का दुई जना सांसद हुन् । असन्तुष्ट समूहको मुख्य पात्र सुरेन्द्र यादव हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot