अमेरिका, १५ वैशाख । कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडो स्थित स्थानिय बोल्डर क्षेत्रमा वस्दै आएका ६१ बर्षिय लोकेन्द्र कार्कीको निधन भएको हो ।
बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीका नजिकका व्यक्ति पारस ओझाले जानकारी दिएका छन् । ११ दिन अघि उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
नेपालमा बिराटनगर महानगरपालिका वडा ३, घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती र कान्छी छोरी केही समयका लागि नेपाल गएको जानकारी दिइएको छ । कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए ।-खसोखासबाट