Logo

बेहुला–बेहुलीमा देखियो कोरोना, पूरै गाउँमा मच्चियो हलचल



१५ वैशाख : कोरोना भाइरसले पूरै विश्वभर प्रभाव पारिरहेका बेला यसले जोकोहीलाई पनि बाँकी राखेको छैन । यस्तोमा एक नवविवाहित दम्पत्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।

यो घटना भारतको हो । पूरै देशभर लकडाउन चलिरहेका बेला भारतको यूपीको आजमगढबाट एक नवविवाहित दम्पत्ति विवाहपछि राजस्थान गए । त्यहाँ जब उनीहरुको टेस्ट गरियो, तब दुवै कोरोना संक्रमित निस्किए । हाल उनीहरुको राजस्थानमा उपचार भइरहेको छ ।

यद्यपी आजमगढ, जहाँ उनीहरुको विवाह भएको थियो, त्यहाँ तहल्का मच्चिएको छ । त्यहाँका पुलिसका अनुसार, यो घटना आजमगढको छतरपुर ग्राम सभाको हो । हाल पूरै गाउँलाई सील गरिएको छ र उक्त इलाकालाई सेनिटाइज गरिदैँ छ ।

आजमगढका एसपी सिटी पंकज पांडेका अनुसार, १४ अप्रिलमा उक्त गाउँबाट बेहुला बेहुली पहिले गाजीपूर गए र त्यहाँबाट कार मार्फत् राजस्थान गए । जहाँ उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

गाउँलेहरुलाई जब उनीहरुलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त भयो, उनीहरु डराएर गाउँभर हलचल मच्चिएको छ । मेरोलगानी



प्रतिक्रिया दिनुहोस्