Logo

माधव नेपालको चिनियाँ नेतासँग २ घन्टा कुराकानी



काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेतासँग कुराकानी गरेका छन् । उनले आज कुराकानी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

नेकपाका विदेश मामला प्रमुख समेत रहेका नेता नेपालले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओसँग भिडियो कन्फेरेन्समा दुई घन्टा कुराकानी गरेको उल्लेख गरेका छन् । कोभिड-१९ को चुनौतीको सामना र सहकार्यबारे कुराकानी केन्द्रित रहेको नेता नेपालले जनाएका छन् ।

कुराकानीमा चिनियाँ पक्षबाट प्रोफेसर झोङ नान सान, डाक्टर र वैज्ञानिक पनि सहभागी रहेको उल्लेख छ । यसैगरी नेकपाका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी प्रदेश इञ्चार्जहरु समेत सहभागी रहेको नेता नेपालले जानकारी दिएका छन् ।-Source: Madhav Nepal Tweet



प्रतिक्रिया दिनुहोस्

Screenshot