Logo

केरुङ्गा खोलामा मोटरेवल पुलको उद्घाटन



चितवन, २८ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २३ जोड्ने केरुङ खोलामा मोटरेवल पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेशका भैतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी प्रदेश सरकार लागि परेको बताए । प्रदेश सरकारले छ वटा बहुवर्षीय योजनाका काम गरिरहेको जानकारी दिँदै उनले कम बजेटमा अपेक्षाअनुसार काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर २४ का वडाध्यक्ष राम गेलाललगायतले यस क्षेत्रको विकासका लागि पुल सहयोगी बन्ने बताए । माडी भरतपुर जोड्ने पहिलाको सडक भएकाले विकास हुन आवश्यक रहेको उनीहरुले बताए । माडी जोड्न राप्ती नदीमा पुल निर्माण गर्नु आवश्यक रहेको उनीहरुले बताए ।

सात करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाइ र फुटपाथसहित आठ दशमलव चार मिटर चौडा रहेको छ । विसं २०७९ चैत १९ गते सम्झौता भई निर्माण सुरु भई सम्पन्न गर्नुपर्ने समयभन्दा छ महिनाअगावै पुल निर्माण सम्पन्न भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot