Logo

पत्नीको डरले महिनादेखि बगैंचामा बास



अमेरीकाको टेक्सासमा लेकवलीमा आलीशन बंगाला र करौडौको सम्पत्तिका मालिक पत्निको डरले बंगलाको बारह बगैचामा पाँच महिना समय बिताएका छन् । शराफत खान नामका यी व्यक्तिलाई अदालतले पनि राहत दिएको छैन । अदालतले पनि पत्नीलाई नै बंगलाको मालिक्नी बनाएको छ र शराफतलाई घर खाली गर्न आदेश दिएको थियो ।

यो भन्दा पहिले देखि नै शराफत बगैचामा बस्दै आएका थिए उनको साथमा एक जोर कपडा र खुट्टामा जुत्ता पनि थिएन । उनी घरमा पस्न नसकुन भनेर श्रीमतीले ताल्चा समेत परिर्वतन गरकी थिइन् । दम्पत्ति बीचमा कहिलकाही सानो सानो झगडा भइराख्थ्यो जसको कारण पत्नीले शराफतलाई घरबाट निकालिदिइन् । उनलाई छिमेकीले औषधि र खानामा मद्दत गर्दथे । उनीहरुको ३० वर्षिय छोराले आफु सानो हुँदा देखि नै आफ्नो आमालाई बाबुले कुट्ने गरेको बताएका छन् । छोरा आमा कै पक्षमा छन् ।

६१ वर्षिय शराफत पेशाले डाक्टर हुन् हाल उनीहरुबीच सम्बन्ध विच्छेद भइसकेको छ । अदालतले घर पत्निलाई दिएर यनलाई घरबाट निक्लन पनि आदेश दिएको छ ।(एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्