Logo

छ हजारको लागि दैनिक ९० वटा विषालु सर्पको सामना



पापी पेटको लागि मानिसहरु के के गर्नुपर्छ भनेर उसको उदाहरण बनेका छन् भारतको २५ वर्षिया प्रवीण, छ हजार रुपैयाँ तलबको लागि दैनिक ९० भन्दा धेरै विषालु सर्पको सामना गर्नुपर्छ । वास्तवमा प्रवीण सिद्धार्थ गार्डेन चिडियाघरमा सर्प राख्नको लागि १६ कोठाको सरसफाई गर्थे ।

उनले दैनिक ५० भन्दा धेरै विषालु सर्पलाई सफाईको साथै खाना पनि खुलाउथे । उनले हरेक दिन दुई पटक चिकेनको टुक्रा खुवाउथे । उनको २००६ मा दाहिनको हातको औलामा कोब्राले टोकेको थियो दुई दिनको सरकारी अस्पतालको उपचार पश्चात हातको औला ठिक भएको थियो । उनी सँगै उनको परिवारमा पत्नी र ११ महिनाको एक छोरा पनि छन् । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्