Logo

जहाँ महिनाभरको ज्यालाले अण्डा किन्न पुग्दैन



दक्षिण अमेरिकाको उत्तरी तटमा एउटा यस्तो मुलुक छ जहाँ एक महिनाको ज्यालाले अण्डा पनि किन्न पुग्दैन। त्यो मुलुक हो भेनेजुएला । वामपन्थीको शासन रहको भेनेजुएला आर्थिक संकटमा छ ।  भेनेजुएलाले पछिल्लो समयमा प्रकाशित गरेको २७ आधारभूत खाद्यान्न वस्तुहरुको मूल्य सूची अनुसार अण्डा, मासु र ससेजको मूल्य एक महिनाको न्यूनतम ज्यालाभन्दा बढी रहेको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले बिहीबार देश मुद्रास्फीतिले ग्रस्त भएको बताएका हुन्। मादुरोको समाजवादी सरकारले अब मुद्रास्फीति कम गर्न लागि परेका छन्। वाणिज्य मन्त्रीले ट्वीटरमा प्रकाशित गरेको विवरण अनुसार बटर र पाउडर दुधको मूल्य गत सोमबार तय गरेको न्यूनतम मासिक ज्याला, ४० हजार बोलिभरेस (स्थानिय मुद्रा) भन्दा बढी रहेको छ। ४० हजार बोलिभरेस भनेको २ डलर हो। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्