Logo

एकै दिन १० जना कोरोना भाइरसका संक्रमित थपिए



काठमाडौं, २१ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ६९ पुगेको छ । आज एकै दिन १० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पत्ता लागेका संक्रमितहरु पर्सा जिल्लाका ३६ वर्षीय पुरुष छन् । यसैगरी, बाँके जिल्ला नेपालगञ्जका ९ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् । जसमध्ये ५ पुरुष र ४ महिला छन् ।

संक्रमितमध्ये ५३ जना विभिन्न अस्पालमा उपचाररत छन् । १६ जना निको भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot