सत्य सधै तीतो हुन्छ । वचन कटु भएपनि सत्य सत्य नै हुन्छ । यहाँ केही सत्य कटु वचनहरु छन् ।
- रुख काटेर कहिल्यै सुक्दैन, जरा काट्नै पर्छ । त्यस्तै मानिस पनि कामले नभई सानो सोच र गलत व्यवहारले हार्छ ।
- ध्यान राख्नुहोस् मानिस सधै उचाईमा एक्लै हुन्छ ।
- तपाइँको हातबाट जबरजस्त कसैलाई खोस्न सकिन्छ तर भाग्यमा भएको कुरा कसैले खोस्न सक्दैन ।
- आफ्नो कमजोरीलाई गोप्य राख्नु नै बेस हुन्छ, मान्छेहरुले तपाइँको कमजोरीलाई अक्षमता ठानेर मानसिक रुपमा दुव्यहार गर्न थाल्छन् ।
- स्वर्ग भन्दा माथी पिता हुन् भने पृथ्वी भन्दा ठुलो आमा हुन् ।
- पैसाले ओछ्यान किन्न सकिन्छ, निन्द्रा होइन ।
- जसको अरुको राम्रो सोच्दछन् उनीहरुको मात्र जीवन सफल छ ।
- ज्ञानी व्यक्ति कहिल्यै घमण्ड गर्दैन ।
- सबै सफलता संघर्षबाट प्राप्त हुन्छ बिना संघर्ष सफलताको कल्पना गर्न सकिदैन ।
- मुस्कुराउनु एक कला हो जसले यस कलालाई सिकेको हुन्छ उ कहिल्यै दुःखी हुन सक्दैन ।
- मानिस राम्रो र नराम्रो भन्ने हुँदैन वस समयले राम्रो वा नराम्रो बनाउने हो ।
- जुन दिन आफ्नो दिमाग ठुलो बनाउनु हुन्छ, उक्त दिनबाट महान व्यक्तिहरुले पनि तपाइँको बारेमा सोच्न थाल्छन् ।