Logo

किन लक्ष्मी धनकी देवी भइन्



माता लक्ष्मीसँग हामीले जीवनको उपयोगी केही कुरा सिक्न सकिन्छ । लक्ष्मी वा महालक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यको देवी हुन् । उनी कमलको फुलमा बस्छिन् । उनको अर्को नाम ‘श्री’ हो ।

माता लक्ष्मी भगवान विष्णुको हरेक अवतारमा उनको अर्धागिंनीको रुपमा रहन्छिन् । भगवान विष्णु श्रीरामको अवतारमा माता सीता लक्ष्मीको अवतारमा थिइन् । श्रीकृष्ण अवतारमा रुक्मिणी र राधा पनि लक्ष्मी कै अवतारमा थिए । वेंकटेश्वर अवतारमा अमामेलु लक्ष्मी माता थिइन् । वैष्णव परम्परामा उनै देवीलाई लक्ष्मीलाई नारायण आदी शक्ति मानिएको छ । देवी लक्ष्मी धनको देवी हुन् । उनी सम्पन्नताको प्रतिक हुन् । ज्योतिषमा शुक्र माता, लक्ष्मी, दुर्गा, सन्तोषी मां र शिव –पार्वतीको प्रतिनिधित्व गर्छन् ।

माता लक्ष्मीको स्वरुपको बारेमा पौराणीक कहानी प्रचलित छ । एक पटक दुर्वासा ऋषिले आफ्नो साथमा दिव्य फुलको माला बोकेर इन्द्रको स्वर्ग लोकमा गए । उक्त माला इन्दैलाई दिए तर इन्द्रले सबै देवताको अगाडी आफ्नो हात्ती ऐरावतलाई दिए । इन्द्रलाई आफ्नो शक्तिको निकै घमण्ड थियो । दुर्वासालाई यो कुरा थाहा थियो । तर सबै देवताहरुलाई दुर्वासा ऋषिको रिससंग परिचित थिए । ऋषिले श्राप दिए र भने, “ इन्द्र तिमीलाई तिम्रो सिंहासन र धनलाई लिएर गर्व छ उक्त सिंहासनमा दानवको समय–समयमा राज हुनेछ ।”

यस कुरालाई लिएर इन्द्र सहित सबै देवताहरु चिन्तित भए । यसैक्रममा केहि समय पछि समुन्द्र मन्थन भयो । श्रीरसागरमा समुन्द्र मन्थनको क्रममा भगवान विष्णुले कच्छप अवतार लिए । नागको राजा वासुकि मन्थनको समय रसी बने । मन्थरा पर्वतको मन्थनको लागि प्रयोग गरियो । उक्त समुन्दै मन्थनको समयमा एक दिव्य वस्तु निक्लियो । यसैक्रममा माता लक्ष्मी समुन्द्र मन्थनको समयमा अवतरित भईन् ।

विष्णु पुराणको अनुसार लक्ष्मी भृगु र ख्याति की छोरी थिइन् । दुर्वासाको श्रापले स्वर्ग छोडीकी थिइन् । माता लक्ष्मी फे।ी श्रीरसागरमा बस्न थालिन र समुन्द्र मन्थनको क्रममा उनी पुःन अवतरित भइन् । र यसपछि विष्णुसँग उनको विवाह भयो । उनलाई माया नामले पनि चिनिन्छ । केही पौराणीक कथामा उनलाई भुदेवी र श्रीदेवी पनि मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot